×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ङादी ग्रुप पावरको खुद नाफा ४ करोड १६ लाख ९३ हजार रुपैयाँ, प्रति सेयर आम्दानी कति ?

काठमाडौं – ङादी ग्रुप पावरले आथिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ३.५३%ले वृद्धि गरी ४ करोड १६ लाख ९३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले ४ करोड २३ लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन नाफा २.४३% ले घटेर ९ करोड १७ लाख २० हजार रुपैयाँमा आएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ९ करोड ४० लाख ६ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी पनि ३.०१% ले घटेर १० करोड ६६ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।
गत वर्षको यसै अवधिमा ङादीले १० करोड ९९ लाख ७१ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । ङादीको प्रतिसेयर आम्दानी ३८ पैसाले घटेर १० रुपैयाँ ३८ पैसामा आएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १० रुपैयाँ ७६ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १०८ रुपैयाँ ४४ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: