×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकको सीईओ- विवादको अर्को पक्ष : ‘जहाँ पाए पनि जागिर खानुपर्यो’ भन्ने श्रेष्ठको सोच ‘समस्याको आगोमा घ्यू’

काठमाडौँ । सनराइज बैंकको सीइओमा निरज श्रेष्ठ नियुक्त भएपछि अहिले उक्त नियुक्ति विवादको उत्कर्षमा छ । सबै सञ्चालकहरुको स्वीकृति नलिई सीइओ नियुक्त गरेको भन्दै अहिले नेपाल राष्ट्र बैंकमा समेत सञ्चालक शैलेन्द्र गुरागाईंले उक्त नियुक्ति रोकी पाउँ भनेर निवेदन दिएका छन् भने असार २ गतेबाट कार्यभार सम्हाल्ने भनेर नियुक्ति पाएका निरज श्रेष्ठ पनि कार्यालय नगएपछि यो विवाद कति उत्कर्षमा पुगेको छ भन्ने स्पष्ट हुन्छ ।यसैबीच बैंकले नेप्सेलाई पत्र पठाउँदै निरज श्रेष्ठले विशेष परिस्थितिका कारण कार्यभार सम्हाल्ने मितिपछि सार्न अनुरोध गर्नु भएको छ भन्ने जानकारी गराएको छ । श्रेष्ठ पनि यो विवाद नटुंगेसम्म बैंक नजाने पक्षमा छन् । उनले यो अडान जारी राखे उनी सनराइज बैंकमा सीइओ भएर काम गर्ने छैनन् । किनकि सञ्चालक समितिको यो विवाद यति छिटो साम्य हुने स्थिति देखिंदैन ।
यसो त सीइओ विवादका थुप्रै पक्षहरु छन् । सञ्चालक समितिले शैलेन्द्र गुरागाईंलाई एकतर्फी रुपमा पेल्न खोजेको देखिन्छ भने गुरागाईं पनि आफुले भनेको कसैले र केहि पनि नमान्ने परिस्थितिबाट रुष्ट भएको देखिन्छ ।निरज श्रेष्ठको विरोध गर्ने पक्षले भने अर्कैलाई प्रमुख कार्यकारी बनाउनु पर्ने तर्क राखेका थियो । कतैबाट नरुचाइएको र अस्थिर स्वभावका श्रेष्ठलाई नियुक्ति गर्नु हुँदैनभन्दा अर्को पक्षले राजनीतिक र उच्च प्रशासकको दबाबका कारण निरजको ठाउँमा अर्कोलाई प्रमुख कार्यकारी बनाउन शैलेन्द्रको समूह लागेको आरोपसमेत लगाउँदै आएको छ ।
निरज श्रेष्ठको ‘जहाँ पाए पनि जागिर खानुपर्यो’ भन्ने सोचको उपज ?
यसै पनि निरज श्रेष्ठ अस्थिर मान्छे हुन् भन्ने कुरा पछिल्ला केहि घटनाहरुबाट पुष्टी हुन्छ । उनी सञ्चालक समितिको प्रेसर धान्न सक्दैनन् भन्ने कुरा पनि उनले माछापुच्छ्रे बैंक छोडेको घटनाबाट पुष्टी भइसकेको छ । सबैलाई मिलाउन पनि नसक्ने अनि अलिकति प्रेसर हुनेबित्तिकै बैंक छोडिहाल्ने उनको प्रवृतिले साच्चै सनराइज बैंकलाई अफ्ट्यारो पर्ने कुरामा कुनै शंका छैन । त्यसमाथि उनी पछिल्लो समय जुन बैंकमा पाए पनि जागिर खाने मनस्थितिमा बसेका थिए । यस अघि बैंक अफ काठमाडौँका सीइओले राजीनामा दिने हल्ला चलेका बेला पनि निरज श्रेष्ठले सीइओ बन्न दौडधुप गरेका थिए । 
सीइओको त कुरै छोडौं, सहज रुपमा जागिर खान पाए जनता बैंकको डेपुटी सीइओमै जानसमेत उनी तयार भएका थिए । त्यति मात्र होइन, कुनै बैंकमा सीइओले जागिर छोड्यो भन्ने थाहा पाउने बित्तिकै अवको सीइओको रुपमा उनको नाम जोडिने गरेको थियो । यसो त उनले पनि धेरै बैंकमा यस्तो प्रयास गरेका थिए । सनराइज बैंकको केसमा पनि उनले आफुलाई सीईओ बनाउन राम्रै लविङ गरेको चर्चा बाहिरिएको थियो । सनराइज बैंकमा जागिर खाँदा पनि उनले सञ्चालकको विवादका बारेमा सोचेनन् बरु जसरि पनि जागिर खानु पर्यो भनेर सोचे । यसका कारण सनराइज बैंक प्रकरणमा उनको त्यहि सोच घ्यू बन्यो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: