×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सनराइज बैंकमा बबण्डर : निरज श्रेष्ठले कार्यभार सम्हाल्न सकेनन्, अर्को सीइओ ल्याउनेबारे पनि छलफल !

काठमाडौं । सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृतको नियुक्तिलाई लिएर सुरु भएको लफडा उत्कर्षमा पुगेको छ ।  नियुक्तीलाई लिएर लफडा परेको छ ।बैंकको संचालक समितिको बैठकले असार २ देखि लागु हुने गरेर निरज श्रेष्ठलाई सिइओ पदमा नियुक्त गरेको भएपनि सीइओले असार २ गते कार्यभार सम्हाल्न सकेनन् भने अव के गर्ने भन्ने विषयमा बैंकमा बोर्ड सदस्यहरु छलफलमा जुटेका छन् । 
वार्ताको प्रयास भएपनि अहिले शैलेश गुरागाईं काठमाडौँमा नरहेकाले समस्या देखिएको छ । उनले बैंकमा बहुमतका आधारमा पेलेर निर्णय गरिएको भन्दै नेपाल राष्ट्र बैंकमा श्रेष्ठको नियुक्ति रोकी पाउँ भनी निवेदनसमेत दिएका छन् । यता सनराइज बैंकले नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाउदै विशेष कारणवश श्रेष्ठ सिइओको रुपमा काम गर्ने दिन केही समय पछाडि सरेको जानकारी दिएको छ ।
यद्यपी उक्त पत्रले आगोमा घ्यू थप्ने काम गरेको छ। श्रेष्ठलाई संचालक समितिको सर्वसम्मत रुपमा सिइओ नियुक्त गरेको सनराइज बैंकले पठाएको पत्रमा उल्लेख छ । जवकी आफ्नो असहमति भएको भन्दै सञ्चालक शैलेन्द्र गुरागाईंले राष्ट्र बैंकमा निवेदन दिइसकेका छन्।  
यसो त सनराइज बैंकको संचालक समितिमा विगतमा पनि लफडा हुँदै आएको थियो । यस अघि राष्ट्र बैंकसम्म पनि बैंकको लफडा पुगेको थियो । राष्ट्र बैंकका विभिन्न अधिकारीले दुवै पक्षलाई संयमता अपनाउन अनौपचारिक आग्रह गरेको बुझिएको छ भने यसरी लफडा गर्नुभन्दा बैंकमा अर्को सीइओ ल्याउने विषयमासमेत छलफल भएको बुझिएको छ । 

तर अर्को सीईओ ल्याउन निरज श्रेष्ठले राजीनामा दिनुपर्छ । यदी उनले यसो गरे भने उनी ऐतिहासिक असफल सीईओका रुपमा चिनिनेछन् । किनकि विवादका कारण सीइओको कार्यभार नै सम्हाल्न नसकेका थोरै उदाहरणहरुमा उनको नाम दर्ज हुनेछ । यद्यपी उनलाई बैंकमा जागिर खाएर पनि फलिफाप हुने संकेत देखिएको छैन । बोर्डमा आफ्नो विषयमा हुने झगडाले उनलाई काम गर्ने वातावरण नदिने पक्का छ । उनी भने अव के गर्ने ? भन्ने विषयमा आफु निकटहरुसँग सल्लाह गरिरहेका छन् । तत्काल अन्य केहि बैंकहरुमा पनि सीइओको कुरा भएकाले उनी अन्य बैंक जाने सम्भावना पनि उतिकै छ । यसो भयो भने बैंकमा केहि समय ज्ञाप राखेर अर्को सीइओ आउनेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: