प्रुडेन्सियल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, ६० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । निर्जीवन बीमाको कारोबार गर्दै आएको सो कम्पनीको विशेष साधारण सभा यही असार १० गते सिमरा, बारामा सम्पन्न भएको हो ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको विशेष साधारण सभाबाट चुक्ता पूँजीको ६०५ हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ । साविक ६४ करोड १५ लाख २० हजार चुक्ता पूँजीबाट हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ ।
प्रकाशित मिति : Wednesday, June 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal