सार्वजनिक सवारीको भाडा बढ्यो


काठमाडौं- सार्वजनिक सवारी साधनमा लागू हुने गरी सरकारले भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालले सबै खाले सवारी साधनमा लागू हुने गरी १२ प्रतिशत बढाइएको बताएका छन् । 

विभागले भाडादर समायोजन गर्ने विषयमा बुधबार महानगरपालिकासँग गरेको थियो।साथै विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतमा भाडादर कायम गरिएको बताएको छ । 

यस्तै केहि समय \अघिदेखि यायायात व्यवसायीले भाडादर समायोजन गर्नुपर्ने माग राख्दै आएकामा यायायात व्यवसायी, उपभोक्ता कर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागको भनाइ छ। 


प्रकाशित मिति : Thursday, June 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal