×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा चौबीसै घण्टा खुल्ला रहने सम्पर्क केन्द्र सञ्चालन

काठमाडौँ – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चौबीसै घण्टा र ३६५ दिन नै सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको छ । जीवन बीमाको बारेमा जनचेतना अभिबृद्धि गर्न सञ्चालित केन्द्रको बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र कम्पनीका अध्यक्ष ताराचन्द केडियाले उद्घाटन गरे ।
सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा, कम्पनीको योजनाहरुको बारेमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी(अभिकर्ता)ले सल्लाह, सुझाव र गुनासो कम्पनीको आधिकारिक फेसबुक, ट्वीटर, वेबसाइट, इमेल वा मोबाइल एप र ४७८७२२४ मा फोन गरी प्रेषित वा प्राप्त गर्न सक्ने बताइएको छ ।
नेपालको जीवन बीमा इतिहासमा कम्पनीले पहिलो पटक सम्पर्क सेवा केन्द्र सञ्चालनमा ल्याएको कम्पनीले दाबी गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: