रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ लाख कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल !

काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजीको ३०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । हाल यस कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्व १० करोड रुपैयाँ रहेको छ । कम्पनीले यही जारी पुँजीको ३०% रकम बराबरको आइपीओ ल्याउन लागेको हो ।

कम्पनीले जारी गर्न लागेको आइपिओ बिक्री गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतापत्रमा रिलायन्स लाइफ इन्सुरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।
प्रकाशित मिति : Monday, June 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal