सहयोगी विकास बैंकको कामु सीईओमा सुन्दर खड्का नियुक्त

काठमाडौं - सहयोगी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा सुन्दर खड्का नियुक्त भएका छन् । गत जेठ २२ गते बसेको सञ्चालक समितिको २७८औँ बैठकले खड्कालाई संस्थाको सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि संस्थाको सीईओ पदको कार्यभार विनय रिजालले सम्हालेका थिए । उनले जेठ २६ गतेदेखि लागू हुने गरी उक्त पदबाट राजिनामा दिएका थिए । सोही रिक्त हुन आएको सीईओ पदमा संस्थाले जेठ २६ गतेदेखि लागू हुने गरी कामु सीईओको रुपमा खड्कालाई नियुक्त गरेको हो ।


प्रकाशित मिति : Monday, June 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal