'अप्रिलिया स्ट्रोम स्कुटर’ पनि नेपाली बजारमा भित्रियो, साउन अघि किन्दा सस्तो पर्ने (भिडियो रिपोर्ट)

काठमाडौँ । उच्चस्तरीय इटालियन प्रविधिद्धारा निर्माण गरिएको ‘अप्रिलिया स्ट्रोम स्कुटर’ नेपाली बजारमा पनि भित्रिएको छ । बिहीबार ललितपुरमा एक कार्यक्रममा बीच दुगड ब्रर्दश एन्ड सन्स प्रालिले सो मोडलको स्कुटर पनि नेपाली बजारमा सार्वजनिक गरेको हो । म्याट रातो तथा पहेँलो आकर्षक रङले सजिएको सो स्कुटर उच्च प्रविधियुक्त भएको र त्यसले लामो दुरीको यातायातालाई पनि आरामदायी बनाउने कम्पनीका उपाध्यक्ष विवेक दुगडले जानकारी दिनु भयो । यसमा १२५ सिसीको आधुनिक प्रविधिको थ्रि भल्ब इन्जिन जडान गरिएको पनि कम्पनीले जनाएको छ ।

सो स्कुटरको मूल्य तत्कालका लागि २ लाख २४ हजार ९ सय राखिएको छ । असार मसान्त पछि नयाँ आर्थिक वर्षसँगै स्कुटरको मूल्यमा केही वृद्धि हुने पनि कम्पनीका उपाध्यक्ष दुगडले बताउनुभयो ।
प्रकाशित मिति : Thursday, June 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal