सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट वीमा सेवा लिन सकिने

काठमाडौँ - जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र सिद्धार्थ बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स तथा बैङ्कबीच जेठ २८ गते सहमति पत्रमा हस्ताक्षर भएको हो । बैङ्कका सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्वन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।
प्रकाशित मिति : Tuesday, June 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal