×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ बैंकले २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

काठमाडौं – सिद्धार्थ बैंकले २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा २५ लाख कित्ता ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले निष्काशन गर्ने ऋणपत्रमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बेच्नेछ । 
यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘१०.२५% सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटले गर्नेछ । यो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस दिएको छ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: