सोलुखुम्बुको किन्जा र रामेछापको शिवालयमा सनराइज बैंकको शाखा विस्तार, शाखा सञ्जाल १०९ पुग्यो

सोलुखुम्बु
काठमाडौँ - सनराइज बैंकले सोलुखुम्बुको किन्जा र रामेछापको शिवालयमा नयाँ शाखा विस्तार गरेको छ । लिकुपिके नगरपालिकाका मेयर डम्बर बहादुर बस्नेतले किन्जा शाखा र गोकूल गंगा गाउपालिकाका मेयर खड्क बहादुर सुनुवारले शिवालय शाखाको उद्घाटन गरे ।

यससँगै सनराइज बैंकको शाखा संख्या १०९ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३५ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति : Thursday, June 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal