×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्टार्टअपमा हुने करसम्बन्धि ‘कन्फ्युजन’ हटाउन कर-तालिम हुँदै, यसरी हुनुहोस् नि:शुल्क सहभागी

काठमाडौँ । के तपाईं स्टार्टअप कम्पनी चलाईरहनु भएको छ ? के तपाईंले सुरु गर्नुभएको सानो कम्पनीमा कर सम्बन्धि समस्या छ ? वा कर सम्बन्धि जानकारी नै तपाईंलाई छैन ? एउटा कम्पनी खोल्दा कर सम्बन्धि के-के कुरा थाहा हुनुपर्छ भन्ने थाहा नपाएर के तपाईं चिन्तित हुनुहुन्छ ? यदी हुनुहुन्छ भने तपाईंलाई फेरि-फेरि नआउन सक्ने मौका आएको छ । तपाईंजस्तै स्टार्टअप र साना व्यवसायीहरुलाई लक्षित गर्दै कर तालिम हुने भएको छ । त्यो पनि नि:शुल्क ।
फेडेरेसन अफ नेप्लिज स्टार्ट अप्स एण्ड एसएमइज (फोन्सास)को आयोजनामा यहि शनिबार अर्थात जेठ ३२ गते बागबजारको होटल हार्दिकमा एक दिने कर सम्बन्धि तालिमको आयोजना हुन लागेको हो । चार्टड एकाउन्टेन्ट उमेश राज पाण्डे ट्रेनरका रुपमा रहने उक्त कार्यक्रममा ३० सिटका लागि तालिम हुन लागेको हो । दिनभर सञ्चालन हुने उक्त तालिममा कर अधिकृतले समेत करको व्यावहारिक पक्षमा कुराहरु राख्नेछन् ।
‘नेपालमा कर सम्बन्धि धेरै तालिमहरु हुन्छन् । तर अधिकांस ‘प्रोफिट मोटिभ’ भएका हुन्छन् । हामीले नि:शुल्क तालिम उपलब्ध गराउन लागेका छौँ । फोन्सासको सदस्य भएकाहरुलाई पूर्ण रुपमा नि:शुल्क र गैरसदस्यहरुलाई जम्मा रु ५०० लिएर खाना-खाजासहित एक दिने पूर्ण तालिमको आयोजना गरेका छौँ ।’ फोन्सासका अध्यक्ष अर्जुन भट्टराइले अर्थ सरोकारसँग भने, ‘फोन्सास साना तथा मझयौला व्यवसायीहरुको संगठन हो । यसमा रु १००० तिरेर सदस्य बनेपछि बर्षभरि नि:शुल्क तालिम पाइने व्यवस्था गरेका छौं । हाम्रो पहिलो कार्यक्रम कर सम्बन्धि तालिम छ । त्यसपछि पनि अन्य रचनात्मक कार्यक्रम आयोजना गर्नेछौँ ।’ उनले भने ।
कार्यक्रममा सहभागी बन्न फोन्सासको यो लिंकमा जान सक्नुहुनेछ । अन्य जानकारीका लागि अध्यक्षको फोन नम्बर ९८५७०५५०६५मा समेत सम्पर्क गर्न सकिनेछ ।
एसीसीए सदस्यहरुले यो तालिम लिए वापत ६ यूनिट सीपीडी दावीसमेत गर्न सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: