×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकको मर्जर सम्झौता पारित

काठमाडौं – तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक आपसमा गाभ्ने–गाभिने भएका छन् । दुवै बैंकले शुक्रबार विशेष साधारण सभा गरी मर्जर सम्झौता पारित गरेका हुन् । सभाबाट १ः१ सेयर स्वाप रेसियोभा मर्ज हुने सम्झौता पनि पारित भएको छ ।
मर्जरपछि बैंकको नाम ‘तिनाउ मिसन विकास बैक’ रहने भएको छ । उक्त बैंकको अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदिप कुमार श्रेष्ठ र सहायक प्रमुख कार्यकारी अधिकृतमा हरि प्रसाद घिमिरे रहनेछन् । यी दुवै बैंकको चैत ४ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ । मर्जरपछि चुक्ता पुँजी १ अर्ब १४ करोड रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: