युनिभर्सल पावर कम्पनीमा ७ जना सञ्चालक नियुक्त, हेर्नुहोस् नामावलीसहित

काठमाडौँ - युनिभर्सल पावर कम्पनी लिमिटेडको जेठ २० गते सम्पन्न साधारण सभाले ७ जना सञ्चालक निर्वाचित गरेका छन्  । सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट १ महिलासहित ३ जना गरी ७ जना सञ्चालक समितिमा निर्वाचित भएका हुन्  ।

कम्पनी संस्थापक सेयरधनीका तर्फबाट विनयकुमार भण्डारी, उत्तम भ्लोन लामा, निरबहादुर बुढाथोकी र गोकर्ण पराजुली सञ्चालक समिति सदस्यमा चयन भएका छन् भने सर्वसाधारण सेयरधनीको तर्फबाट लक्ष्मी पौडेल, प्रभु्लाल अधिकारी र भोजबहादुर खड्का सञ्चालक समितिको सदस्यमा चयन भएका हुन् ।

प्रकाशित मिति : Tuesday, June 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal