×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘भ्रममा नपरौं ! भ्याट क्रेता र बिक्रेता दुवैले तिनुपर्ने नियम ठेकेदार कम्पनीलाई मात्र’ : विभाग

काठमाडौं । मूल्य अभिबृद्धि कर(भ्याट)मा क्रेता र बिक्रेता दुवैले ५० प्रतिशत तिनुपर्ने व्यवस्था आएको भन्दै यसले करदाताहरुलाई निकै नै निराश बनाएको थियो । नियम निकै नै झन्झटिलो आएको भन्दै धेरैले यसलाई आलोचना गरेका थिए । तर आन्तरिक राजश्व विभागले यो नियम निर्माण व्यवसायी ठेकेदारलाई मात्र लागु हुने भन्दै सूचना निकाल्ने तयारी गरिरहेको आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञराज ढुंगेलले बताएका छन् । 
‘यो व्यवस्थाका विषयमा धेरै चर्चा भयो । वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाईमात्र हो । अर्थात छोटोमा बुझ्ने भाषामा भन्दा यो नियम निर्माण व्यवसायी कम्पनी र सप्लायर्सहरुलाई मात्र हो । यसमा हामीले भोलि नै स्पष्ट पार्ने गरेर सूचना जारी गर्ने छौ ।’
मूल्य अभिबृद्ध करका नियमावलीमा भएको परिवर्तनको व्याख्या गर्ने हो भने अव क्रेता र बिक्रेताले ५०/५० प्रतिशत रकम भ्याट तिर्नुपर्छ । खास गरेर निर्माण व्यवसायीलाई मात्र लक्षित गरेर ल्याइएको व्यवस्था सबै कम्पनी र फर्मलाई लागु हुने गरेर मूल्य अभिबृद्धि करको नियमावली संसोधनमा परेको थियो । ठेकेदार कम्पनीले काम सम्पन्न भएपछि पनि कर नतिरेको कारण भ्याटमा सो व्यवस्था लागु गर्न खोजिएको थियो । तर त्रुटिबस् उक्त नियम सबैलाई भन्नेगरी नियमावलीमा परिवर्तन भएको थियो । जसलाई आन्तरिक राजश्व विभागले सर्कुलरमार्फत सच्याउने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: