आर्ट अफ लिभिङको सहकार्यमा चार्टड फाउन्डेसनले योगा दिवस मनाउँदै !

काठमाडौँ । सामाजिक सेवाका लागि चार्टड एकाउन्टेन्टहरुले खोलेको गैर नाफामूलक संस्था चार्टड फाउन्डेसन नेपालले आर्ट अफ लिभिङको सहकार्यमा अन्तराष्ट्रिय योगा दिवसको अवसरमा योगा कार्यक्रमको योजना गर्ने भएको छ । कार्यक्रममा विभिन्न तह र तप्काका व्यक्तिहरुलाई सम्मिलित गराउने संस्थाको उदेश्य रहेको बताइएको छ ।

उक्त कार्यक्रममा योगाको महत्वको बारेमा चर्चा हुने र केहि महत्वपूर्ण योगासनका सिकाइने समेत बताइएको छ । उक्त कार्यक्रम अर्किड इन्टरनेशनल कलेज, गौशालामा विहान ६:३० बजेदेखि ८:३० बजेसम्म आयोजना हुने बताइएको छ ।
प्रकाशित मिति : Friday, June 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal