×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ढिला आयो तर ‘कडा’ आयो सर्वोच्चको आदेश, ३० बर्षे अवकास नीति खारेज, राष्ट्र बैंकमा फर्कंदै ४ जना कार्यकारी निर्देशक

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकका कर्मचारीले सेवा अवधि ३० वर्ष पूरा गरेपछि अनिवार्य अवकास लिनुपर्ने व्यवस्था खारेज भएको छ । यो व्यवस्था खारेज भएसँगै हाल विदामा बसेका कार्यकारी निर्देशकहरु नारायणप्रसाद पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्य राष्ट्र बैंक फर्कने भएका छन् । अब ५८ वर्ष उमेर पुगेपछि मात्र अवकाश पाउने भएका छन् ।
राष्ट्र बैंकले २०७४ सालमा कर्मचारी नियामावली संशोधन गरेर सेवाअवधि ३० वर्ष पूरा गरेका कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था खारेज गरेको थियो । त्यसको विपक्षमा अदालतमा मुद्धा परेको थियो । अन्ततः सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंक स्वायत्त भएको र राष्ट्र बैंक कर्मचारी नियमावली सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार राष्ट्र बैंकलाई नै भएको फैसला गरेसँगै राष्ट्र बैंकबाट हालसालै विदा भएका ४ जना कार्यकारी निर्देशक सेवामा फर्कने भएका हुन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: