×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत (भिडियो रिपोर्ट)

काठमाडौँ – विनियोजन विधेयक २०७६ संघीय संसदको राष्ट्रिय सभामा प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बुधबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विधेयक प्रस्तुत गर्नुभएको हो । अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७६ माथि विचार गरियोस् भनि गरेको प्रस्ताव प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल गरी बहुमतले स्वीकृत गरिएको हो । विनियोजन विधेयकका विभिन्न शिर्षकहरु माथिको छलफल र मन्त्रीहरुको जवाफका लागि असार १५ देखि २४ गते सम्मको समय निर्धारण गरिएको छ ।
यसअघि बुधबार नै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देश सहति प्राप्त विनियोजन विधेयक २०७६ सभा समक्ष टेबुल गर्नुभएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक असार १५ गते आईतबार बिहान ११ बजेका लागि बोलाईएको छ । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: