×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चौतारी लघुबित्त संस्था र आरम्भ लघुबित्त संस्था एक आपसमा गाभिने सहमति ! (भिडियो रिपोर्ट)

काठमाडौँ । चौतारी लघुबित्त संस्था र आरम्भ लघुबित्त संस्था एक आपसमा गाभिने भएका छन् । बुधबार काठमाडौँमा एक कार्यक्रममका बीच दुवै बित्तिय संस्थाका अध्यक्षहरुले एक आपसमा गाभिने सहमति पत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा चौतारी लघुबित्त संस्थाको तर्फबाट अध्यक्ष जगत बहादुर पोखरेल र आरम्भ लघुबित्त संस्थाको तर्फबाट अध्यक्ष दीपक तिवारीले सहमति पत्रमा हस्ताक्षर गर्नु भयो । 
दुवै संस्था गाभिए पछि नयाँ संस्थाको नाम आरम्भ चौतारी लाघुबित्त वित्तीय संस्था हुने भएको छ । बुटवलमा केन्द्रिय कार्यालय रहेको चौतारी लघुबित्त संस्थाको चुक्ता पुंजी १८ करोड ६० लाख रहेको छ भने आरम्भको चुक्ता पुँजी ६ करोडको छ । आरम्भ लघु बित्तको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ । दुवै संस्था एक आपसमा गाभिए पछि कुल चुक्ता पुँजी २४ करोड ६० लाख हुने भएको छ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै आरम्भ लघुबित्त संस्थाको तर्फबाट बोल्दै अध्यक्ष दीपक तिवारीले आफ्ना ग्राहक सदस्यहरुको हीतको लागि पहिले भन्दा धेरै काम गर्न सकिने बताउनु भयो । दुबै संस्था एक भए पछि निक्षेप संकलन र ऋण प्रवाहमा वृद्धि हुने विश्वाश पनि ब्यक्त गर्नु भयो ।
गाभिएका दुवै संस्थाको आगामी ३ महिना भित्र दुवै बित्तिय संस्थाको संयुक्त कारोबार संचालनमा आउने छ । गाभिए पछि ३० जिल्लामा रहेका ७७ शाखाले काम गर्ने भएका छन् । दुवै संस्था गाभिए पछी केन्द्रिय कार्यालय बनेपामा रहने भएको छ । पछिल्ला केहि वर्ष यता नेपाल राष्ट्र बैकले समान उद्देश्य भएको वित्तीय संस्था गाभिन अनुरोध गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: