×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विवाहको सिजनमा सुनको भन्सार बढ्यो, दुईदिनमा तोलामा २ हजारले बढेपछि मूल्य आकासिने खतरा !

काठमाडौं । सुनको मूल्य तोलामा दुई दिनमा दुई हजार रुपैयाँले बढेको छ । सरकारले बजेटमार्फत सुनको भन्सार शुल्क बढाएपछि सुनको भाउमा यस्तो बढोत्तरी भएको हो । सरकारले प्रति १० ग्राम सुनको मूल्य ८५० रुपैयाँले बढाएको थियो ।
विवाहको सिजनमा सुनको माग नेपाली बजारमा उच्च हुने गरेको छ । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रति तोला ६१ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५२ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९ रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: