×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनी बिकास बैंक घोटाला प्रकरण : तत्कालीन सीइओले फट्याइं गरेको पुष्टी, भेटिए डरलाग्दा बदमासी ! (प्रमाणसहित)

काठमाडौँ । लुम्बिनी बिकास बैंकमा भएका विभिन्न घोटालाहरु एक एक गरी सार्वजनिक हुन थालेका छन् । बैंकमा भएका विभिन्नखाले घोटालाको विषयमा राष्ट्र बैंकले इन्सपेक्सनका क्रममा जटिलखालकासमेत कफियत देखिएपछि बैंकभित्र हुने गरेका र भएका घोटालाहरु बाहिर आएका हुन् । यसैबीचमा हाल लुम्बिनी बिकास बैंक रहेको तत्कालीन लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीमा हदैसम्मको बदमासी भएको र सो बदमासीका कारण अहिले पूरै लुम्बिनी बिकास बैंकसमेत समस्यामा परिरहेको खुलासा भएको छ ।
राष्ट्र बैंकको निर्देशन, ‘चिन्तामणि भट्टराइसहितको टिमलाई कारवाही गर’
यता नेपाल राष्ट्र बैंकले भने चिन्तामणि भट्टराइसहितको समूहलाई कारवाही गर्न निर्देशन दिएको समेत खुलासा भएको छ । इन्सपेक्सनपछि नेपाल राष्ट्र बैंकले पहिलोपटक ३५ दिने म्याद दिएर स्पष्टीकारण सोधेको थियो भने दोश्रोपटक १५ दिने म्याद दिएर रकम असुल तथा कारवाहीको निर्देशन दिएको थियो । यस विषयलाई लिएर बोर्डमा केहि संचालकहरुको भनाभनसमेत भएको थियो । बोर्ड बैठककै क्रममा पटक पटक भट्टराइको राजीनामा मागिएको थियो । तर जति नै भनाभन भएपनि उक्त घटनालाई थामथुम पार्न खोजिएको थियो । पटक पटक नेपाल राष्ट्र बैंकले कारवाहीका लागि दिएको निर्देशन अटेरी गरेर बैंकका केहि संचालकहरुले बोर्डमै दादागिरीसमेत देखाईरहेको स्रोतको भनाइ छ । नियामक राष्ट्र बैंकको निर्देशनपछि मोटो रकम प्रोभिजन थपिएको छ । जसका कारण बैंक अझै अफ्ट्यारोमा परेको देखिन्छ । 
इन्सपेक्सनका क्रममा देखिए यस्ता कैफियत !
नेपाल राष्ट्र बैंकले गरेको इन्सपेक्सनका क्रममा बैंकमा थुप्रै कैफियतहरु देखिएका छन् । बैंकमा सीइओको मिलेमतोमा करोडौंको कर्जा प्रवाह भएको पाइएको छ भने सो कर्जा हिनामिनासमेत गरिएको पाइएको छ । धितो सकार गरेको रकमको दुरुपयोग गरेको पाइएको छ भने बैंकले लीलाम सकार गरेको गाडी ऋणीले नै प्रयोग गरिरहेको अचम्मको कैफियतसमेत भेटिएको छ । करारमा नियुक्त कमृचारीले उपदान पाउने नियम नभएपनि बैंकका तत्कालीन सीइओ भट्टराइले भट्टराईले सोहि बमोजिमको अबैध भुक्तानी लिएकोसमेत कैफियत नेपाल राष्ट्र बैंकले फेला पारेको छ । आफ्नाहरुको ब्याज बिनाहा गर्नेदेखि बैंकको पैसाले सहकारीको ऋण तिरिएको कैफियत पनि नेपाल राष्ट्र बैंकले भेट्टाएको छ । यतिमात्र कहाँ हो र ? अपलेखनमादेखि सेयर लिलामीमासमेत बसमासी भएको फेला परेको छ ।
यो पनि पढ्नुहोस् 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: