×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

यी हुन् दुनियाँका सबैभन्दा मूल्यवान पदार्थ, मुटु थामेर हेर्नुहोस् मूल्य !

धेरैलाई थाहा नहुन सक्छ विश्वमा सुनभन्दा कैयौँ गुणा बढि महंगा चीजहरु छन् । खानेकुरादेखि लिएर क्रिम र पत्थरहरुहरुसम्म यी हुन् सबैभन्दा महंगा १९ वटा पदार्थ :
१. एन्टी म्याटर- यो यस्तो पदार्थ हो जुन एन्टीपार्टिकल अर्थात विपरित कणबाट बनेको हुन्छ । यस्तो पार्टिकलको पिण्ड सामान्य पदार्थकै जस्तो हुन्छ तर चार्ज भने विपरित हुन्छ । यो पदार्थको मूल्य एक ग्रामको १० खर्ब डलर पर्छ । वैज्ञानिकहरुले यसलाई भविष्यमा अन्तरीक्षयानको इन्धनको रुपमा प्रयोग गर्न सकिने बताएका छन् ।
२.क्यालिफोर्नियम २५२- क्यालिफोर्नियम तत्वको एक आइसोटोपको रुपमा रहेको यो पदार्थको मूल्य एक ग्रामको २ करोड ७० लाख डलर पर्दछ । यसले पानी र तेलबीचको तह छुट्टाउने काम गर्छ ।
३. पेइनाइट- यसको मूल्य प्रति ग्राम ३ लाख डलर पर्छ । यो सबैभन्दा दुर्लभ पत्थर हो ।
४. हिरा- यो सबैले सुने जानेकै बहुमुल्य पत्थर हो । यसको मूल्य एक ग्रामको ६५ हजार डलर सम्म पर्छ ।
५. ट्राइटियम- यसको मूल्य प्रतिग्राम ३० हजार डलरसम्म पर्छ र यसको प्रयोग ठूला होटेल, भवनहरुको गेटमा संकेत सूचक चम्किने पदार्थको रुपमा गरिन्छ ।
६. टाफेइट- यसको मूल्य प्रतिग्राम २० हजार डलर सम्म पर्छ । यसलाई पनि गहनामा पत्थरकै रुपमा प्रयोग गरिन्छ ।
७. प्लुटोयिनम- यसको मूल्य एक ग्रामको झण्डै ४ हजार डलर पर्छ । यसको प्रयोग खासगरी आणविक उर्जा उत्पादन तथा हतियार निर्माणमा हुन्छ ।
८. एलएसडी- यसको मणिभलाई प्रतिग्राम ३ हजार डलर पर्छ ।
९. क्रयाक कोकाइन- यसको मूल्य ६ हजार प्रतिग्रामसम्म पर्छ । यो एक प्रकारको लागु औषध हो ।
१०. मेथाफेटामाइन- यसको मूल्य प्रतिग्राम १२० डलर सम्म पर्छ । यसको प्रयोग पनि लागु औषधकै रूपमा गरिन्छ ।
११. हेरोइन- उच्चस्तरको हेरोइनको मूल्य ११० डलर प्रतिग्राम सम्म पर्छ ।
१२. क्रिम डे ला मेर- यो विश्वको सबैभन्दा महंगो क्रिम हो । यसको मूल्य प्रतिग्राम ७० डलर पर्छ ।
१३. गैँडाको खाग- गैँडाको खाग निकै मूल्यवान हुन्छ र प्रतिग्रामको ५५ डलर सम्म पर्दछ । यसलाई विभिन्न औषधिय प्रयोजनका लागि प्रयोग गरिन्छ ।
१४. प्लाटिनम- प्लाटिनमलाई क्यान्सर प्रतिरोधी औषधि निर्माणका साथै गरगहना तथा वैज्ञानिक प्रयोगमा समेत उपयोग गरिन्छ । यसको मूल्य एक ग्रामको ४८ डलर पर्छ ।
१५. रोडियम- कार्वन उत्सर्जन कम गर्ने पदार्थको रुपमा इन्जिनमा समेत प्रयोग गरिने यो तत्वको मूल्य प्रतिग्राम ४५ डलर पर्दछ ।
१६. सुन- मूल्यका हिसाबले सुन विश्वको १६ औँ मूल्यवान पदार्थमा पर्दछ । गहना मात्र नभै अन्य विभिन्न विद्युतिय प्रयोजनमा समेत प्रयोग हुने सुनको मूल्य एक ग्रामको झण्डै ४० डलर पर्दछ ।
१७. इरानी बेलुगा काभियार- अल्मास समेत भनिने यो बहुमुल्य माछाको अण्डा हो । यी अण्डा निकै स्वादिष्ट मानेर खाइन्छ र यसको मूल्य प्रतिग्राम ३५ डलर पर्छ ।
१८. स्याफ्रोन- यो विश्वको सबैभन्दा महंगो फूल हो । औषधी निर्माणमा प्रयोग गरिने यो फूलको मूल्य प्रति ग्राम ११.१३ डलर पर्छ ।
१९. ह्वाइट ट्रफल्स- यो विश्वको सबैभन्दा महंगो च्याउ हो । यसको मूल्य एक ग्रामको ५ डलर पर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: