×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सरकारलाई मुलुक भित्रको पूँजी परिचालन र सुशासनमा जोड दिन प्रवक्ता नारायणकाजी श्रेष्ठको सुझाव (भिडियो रिपोर्ट)

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुक भित्रै रहेको पूँजी परिचालन र सुशासनमा जोड दिन सरकारलाई सुझाव दिनु भएको छ । प्रवक्ता श्रेष्ठले पूँजी परिचालन गर्ने क्षमताको विकास नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पार्नुभयो । बुधबार ललितपुरमा सानो पाईला नामक संस्थाले संचालनमा ल्याएको ‘काश्य ज्वेलरी’ शोरुमको उद्घाटन गर्दै उहाँले वैदेशिक लगानीमात्रै भित्र्याएर मुलुकको विकास र समृद्धिको कामलाई तीव्रता दिन सकिन्छ भन्ने सोच सही नभएको पनि स्पष्ट पार्नुभयो । प्रवक्ता श्रेष्ठले देशभित्रै उद्यमशीलताको विकास गरेर मुलुकलाई समृद्धिको अभियानमा अघि बढाउन युवाहरुलाई पनि आह्वान गर्नुभयो ।
प्रवक्ता श्रेष्ठले सरकार एक्लैको प्रयासले मात्रै मुलुकलाई समृद्ध बनाउन नसकिने पनि दोहो¥याउनु भयो । उहाँले व्यापारलाई समाज सेवाको अंगको रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: