एनआइसी एशिया बैंकको ‘इद अफर’, डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क !

काठमाण्डौ - एनआइसी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद–उल–फितरका अवसरमा यही जेष्ठ २२ देखि जेष्ठ ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदानको अफर सार्वजनिक गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै ग्राहक लाभाविन्त हुने विश्वास बैंकले लिएको छ ।

बैंकको मुलुकभर २८४ शाखा कार्यालयहरु, २९१ एटिएम, ४३ वटा एक्स्टेन्सन काउन्टर एवं ३१ वटा शाखारहित बैंकिङ ईकाईको वृहत सञ्जाल रहेको छ भने बैंकमा करिब १६ लाख ग्राहक छन् ।
प्रकाशित मिति : Wednesday, June 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal