×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बजारमा गभर्नरको हस्ताक्षर नै नभएका नोट भेटिन थाले, भिडियोमा हेर्नुहोस् कसरी चिन्ने सक्कली र नक्कली नोट !

काठमाडौँ । बजारमा गभर्नरको हस्ताक्षर नै नभएका नोटहरु भेटिन थालेका छन् । यसैबीच काठमाडौँका सुबास खतिवडाले आफुले पनि यस्तै नोट भेट्टाएको भन्दै सामाजिक संजालमा उक्त नोट सेयर गरेका चाहन । ५०० रुपैयाँको उक्त नोट च ५८ ३२६६२५ नम्बरको छ ।

यद्यपी उनले यो नोट आफूकहाँ कसरी आयो भन्ने नै यकीन नभएको बताएका छन् । ‘केहि समय अगाडी जनता बैंकबाट पैसा निकालेको थिएँ । अव त्यहि लटमा यो नोट पर्यो कि अन्त कहींबाट पर्यो भन्ने नै एकिन भइन ।’ अर्थ सरोकार डटकमसँग कुरा गर्दै उनले भने ।

यता नेपाल राष्ट्र बैंकले भने केहि नोटहरु विगतमा पनि यसरी हस्ताक्षर नभएको भेटिएको स्वीकार्दै यस्ता नोटहरु साटिने स्पष्ट पारेको छ । केहि समय अगाडी नेपाल राष्ट्र बैंकले जारी गरेको ५० रुपैयाँका थुप्रै नोटहरुमा हस्ताक्षरहरु नभएको पाइएको थियो । यद्यपी यी नोट नक्कली नोट भने नभएको बुझिएको छ ।

आखिर कसरी चिन्ने त नक्कली नोट र सक्कली नोट ? हेर्नुहोस् भिडियोमा            

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: