×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अपरेशन कन्सलटेन्सी-१ : कंगारुसहित यी कन्सलटेन्सीहरु परे कर-छलीको अनुसन्धानमा, बैंक खाता भए रोक्का !

काठमाडौँ । विदेशमा विद्यार्थी पठाएर अलपत्र पारेको काण्ड सेलाउन नपाउँदै कन्सलटेन्सीहरु करको लफडामासमेत परेका छन् । करछलीको आशंकामा आन्तरिक राजश्व विभाग अन्तर्गतका काठमाडौँका विभिन्न कर कार्यालयले विभिन्न कन्सलटेन्सीहरुको बैंक खाता रोक्का गरिदिएपछि यस्तो रहस्य बाहिर आएको हो । आन्तरिक राजश्व विभाग स्रोतले दिएको जानकारी अनुसार ठुलो रकम कर छलेको आशंकामा विभिन्न कन्सलटेन्सीहरुका कागजात नियन्त्रणमा लिइएको छ भने बैंक खाता पनि रोक्का राखिदिएको छ । विभिन्न कासलटेन्सी मध्ये कसैको कागजात जफत गरेर अनुसन्धान सुरु गरिएको छ भने कतिपयको बैंक खाता रोक्का गरिएको छ । ठुलो कारोबार गर्ने तर कर नतिर्ने संस्थाहरुमध्ये कन्सलटेन्सीहरु पनि पर्छन् ।   
को को परे अनुसन्धानको घेरामा ?
यसरी कर छलीको अनुसन्धानमा परेर बैंक खाता रोक्का हुनेहरुमा कंगारु एजुकेसन फाउन्डेसन, एबिसी माइग्रेसन, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज, मार्सी एजुकेसन, ल्याण्डमार्क एजुकेसन, काठमाडौँ इन्फोसिस लगायत छन् । यी मध्ये कंगारु एजुकेसन फाउन्डेसनले अत्याधिक कर छलेको भन्दै उसका फाइलहरुमाथिसमेत अनुसन्धान भइरहेको विभाग स्रोतको दावी छ । यसो त यी कन्सलटेन्सीहरुमध्ये केहि यसअघि पनि विभिन्न लफडामा परिसकेका छन् । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज नामक कन्सलटेन्सी यस अघि विदेशमा पठाएर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको काण्डमा परेका थिए । यी कन्सलटेन्सीहरु मध्ये अधिकांस  यसअघि पनि करको लफडामा परेका थिए ।    
करोडौँको व्यापार, तर करमा सधैं ‘कर-कर’ 
यसो त करोडौँको व्यापार गर्ने कन्सलटेन्सीहरु करको मामलामा भने सधैंजसो कर-कर गरिरहेको पाइएको छ । यसअघि पनि विभिन्न कन्सलटेन्सीहरुलाई कर तिर्न आन्तरिक राजश्व विभागले परिपत्र गरेको थियो । कतिपय कन्सलटेन्सीहरुलाई त कर तिर्न आउनु भन्दै आन्तरिक राजश्व विभागले पत्रिकामा नै सूचना जारी गरेको थियो । तर यसको वेवास्ता गर्दै कन्सलटेन्सीहरुले विभागलाई अटेरी गरेका थिए । यसअघि पनि इआइबीटि कलेजको लफडामा परेका यी कन्सलटेन्सीहरु फेरि करको लफडामा परेका छन् ।  यसो त कन्सलटेन्सी चलाउनेहरुमध्ये अधिकांस ठुला नेताहरुसँग पहुँच राख्छन् । यहि कारण पनि आन्तरिक राजश्व विभाग र यि कन्सलटेन्सीहरुको बीचको लुकामारी परिरहन्छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: