×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानमन्त्रीलाई १ करोड दान गरेकी आनीको १५ करोड रुपैयाँ ‘शंकास्पद’ भन्दै मेगा बैंकले रोक्का राखेको खुलासा !

काठमाडौँ । स्रोत नखुलेको पैसा भित्र्याएको भन्दै मेगा बैंक लिमिटेडले गायिका आनी छोइङ डोल्माको झन्डै १५ करोड रुपैयाँ रोक्का गरिदिएको खुलासा भएको छ । आनीले हङकङको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ मा कार्यरत एक ब्यक्तिबाट १५ लाख डलर नेपाल ल्याएकोमा उक्त रकम बैंकमा रोक्का रहेको खुलासा भएको हो।  

यसकारण गुपचुप राखियो घटना :
उक्त रकमलाई ‘शंकास्पद’ भन्दै नेपाल राष्ट्र बैंकमा रहेको ‘वित्तीय जानकारी इकाइ’ लाई खबरगरेर रोक्का राखिदिएपछि आनीले प्रधानमन्त्री केपी ओलीको ‘तुइन विस्थापन कार्यक्रम’लाई एक करोड रुपैयाँ दिने घोषणा गरेकी थिइन् । एक टेलिभिजन कार्यक्रममा आनीले ओलीलाई एक करोड रुपैयाँ हस्तान्तरण गरेकी थिइन्। एक बर्ष अघिदेखिको घटनालाई मेगा बैंक र नेपाल राष्ट्र बैंकले समेत गोप्य राखेका छन् । उक्त रकम फुकुवा गर्न उच्च राजनीतिक दबाब आएका कारण उक्त प्रकरण गोप्य राखिएको राष्ट्र बैंक स्रोतकै दावी छ । 
सुरु भयो प्रारम्भिक अनुसन्धान 
उक्त रकम फुकुवा गर्न अहिले उच्च तहको राजनीतिक लविङ सुरु भएको छ । अनुसन्धानकै क्रममा रहेको रकम फुकुवा गर्न बारम्बार ताकेता आउन थालेपछि राष्ट्र बैंकले अनुसन्धानलाई तीब्रता दिएपछि यो रहस्य बाहिर आएको हो ।  यो प्रकरणमा नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले प्रारम्भिक अनुसन्धान गरेपछि आवश्यक परेको खण्डमा सम्पत्ति सुद्धिकरण आयोगलाई पत्राचार गर्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: