एनएमबी माइक्रोफाइनान्सकी कर्मचारी हत्याका आरोपित पक्राउ !

पाँचथर । पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत सुजाता तामाङको हत्या आरोपित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) नरेन्द्र कुँवर नेतृत्वको टोलीले हिलिहाङ गाउँपालिका ६ का १९ वर्षीय घनेन्द्र लावतीलाई बिहीबार पक्राउ गरेको हो। 

हिलिहाङ ६ रातमाटेमा लघुवित्त समूहको बैठक सञ्चालनसँगै ब्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको असार ३ गते धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। प्रहरीले सुजाताको साथबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकुरीसहित लावतीलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
प्रकाशित मिति : Thursday, June 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal