×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आखिर आउने ठाउँ बीमा कम्पनी नै रहेछ…! राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण पौडेल बने प्रभु लाइफको सीइओ !

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास लिएका नारायण पौडेल प्रभु लाइफ इन्स्योरेन्सको सीइओ नियुक्त भएका छन् । उनी गत जेठ २६ गते मात्रै राष्ट्र बैंकको नियमन विभागको कार्यकारी निर्देशक पदबाट ३० वर्षे सेवा अवधिका कारण अवकास पाएका थिए । उनी असारको पहिलो साताबाट काम गर्ने आउने गरेर सिइओ नियुक्त भएका हुन् ।
यसो त अदालतको निर्णयपछि उनी राष्ट्र बैंकमै फर्कने चर्चा पनि थियो । तर उनले पछि मुड परिवर्तन गरेको उनी निकटहरु बताउँछन् । प्रभु लाइफ इन्स्योरेन्समा स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतको पद खाली थियो । उनलाई नियुक्ति गरेर अनुमतिका लागि कम्पनीले बीमा समितिलाई पत्र लेखेको छ । राष्ट्र बैंकमा हुँदा कानुनको अपव्याख्या गरेको देखि सिमित पत्रकारसँगमात्र ‘प्रवक्ता’को व्यवहार गर्ने कार्यकारी निर्देशकका रुपमा उनी विवादित थिए । 
आउने ठाउँ इन्स्योरेन्स कम्पनी नै रहेछ !
राष्ट्र बैंक ऐनको दफा १०६ को ‘क’ मा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा कार्यकारी निर्देशकलाई राष्ट्र बैंकबाट अवकास पाएको ३ वर्षसम्म सरकारी लगानीको बाहेक निजी बैंक तथा वित्तीय संस्थामा जान अपाउने उल्लेख छ । सोहि अनुसार उनी बैंक तथा वित्तीय संस्था जान पाएनन् । त्यसपछि आउने ठाउँ भनेकै इन्स्योरेन्स कम्पनी हो । यसअघि नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक भएर पछि इन्स्योरेन्स कम्पनीमा सीइओ भएका अरु उदाहरण पनि छन् ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: