प्रभु बैंकको नयाँ शाखा धादिङको विशालनगरमा विस्तार, गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले गरे उद्घाटन

काठमाडौँ - प्रभु बैंकले धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगरमा सोमबारदेखि बैंकको आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले एक समारोहकाबीच बैंकको आरुघाट शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

आरुघाट शाखा कार्यालय उद्घाटन कार्यक्रममा धादिङ जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ धादिङका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : Tuesday, June 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal