×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मालबहाक गाडीबाट सामान ओसारपसारलाई व्यवस्थित बनाउनका वेव पोर्टल कार्यान्वयनमा (भिडियो रिपोर्ट)

काठमाडौँ । राजस्व अनुसन्धान विभागले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी मालबहाक गाडीबाट समान ओसारपसारको कामलाई सहज बनाउने उद्देश्यका साथ तयार पारिएको वेब पोर्टल असार १ गते (हिजो)बाटै संचालनमा ल्याइएको जानकारी दिएको हो । असारबाट परिक्षणको रुपमा सुरु गरिएको यो पोर्टल श्रावणबाट पूर्ण रुपमा लागू हुने पनि विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनु भयो । यो पोर्टल पूर्ण रुपमा लागू भएसँगै विभाग अन्तरगतको मागबाहक गाडी चेकजाँचमा पोष्टहरु हटाइनेछ । ढुवानी कम्पनी, व्यवसायी वा आयातकर्ताले माल ढुवानी गर्नुअघि त्यसको विवरण सो वेव पोर्टलमा समावेश गर्नुपर्ने व्यवस्था गरिएकाले पनि त्यसपछि चेकजाँच गरिरहन नपर्ने विभागका महानिर्देशक मैनालले बताउनुभयो ।
विभागले सो वेव पोर्टलमा मालको विवरण नबुझाई ढुवानी गरेको पाइएमा त्यस्ता आयातकर्तालाई पहिलो पटक ५० हजार र अरु पटक पनि दोहोरिए १ लाखका दरले जरिवाना लिने व्यवस्था पनि गरेको छ । विभागका महानिर्देशक मैनालीले मालको विवरण सो वेब पोर्टलमा नबुझाई आन्तरिक रुपमा सामान ओसारपसार गर्नेहरुलाई राजस्व छली सम्बन्धि अन्य कार्वाही पनि हुने स्पष्ट पार्नु भयो ।सरकारले चोरी निकासीलाई नियन्त्रण गर्न यो वेव पोर्टलको पनि व्यवस्था गरेको हो ।
यसैबीच, विभागले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म भन्सार छली गरेर ६६ केजी ४ सय ग्राम सुन बरामद गरिएको पनि जनाएको छ । विभागका महानिर्देशक मैनालीले विभागमा राजस्व चुहावटका ८१ वटा कसुरमा अनुसन्धान सम्पन्न गरि मुद्दा दायर गरिएको पनि बताउनु भयो । विभागले विदेशी विनिमय अपचलन तथा हुण्डीको कसुरमा ५ अर्व ११ करोड विगो कायम गरी विगोको तेब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद माग दावीसहित जिल्ला अदालतमा मुद्दा पनि दायर गरेको छ । सो अवैध कारोबारमा १ सय ४ जना अभियुक्तहरु नियन्त्रणमा लिइएको पनि विभागका महानिर्देशक मैनालीले बताउनु भयो
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: