×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुठी विधेयक तत्काल फिर्ता नलिए कांग्रेससँग मिलेर आन्दोलन गर्ने पशुपति शमशेर राणाको चेतावनी (भिडियोसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

गुठी विधेयक तत्काल फिर्ता नलिए कांग्रेससँग मिलेर आन्दोलन गर्ने पशुपति शमशेर राणाको चेतावनी (भिडियोसहित)

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले पनि संघीय संसदमा पेश गरेको गुठी विधेयक तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुकको धार्मिक, सांस्कृतिक पक्षलाई समाप्त पार्नेगरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारलाई दवाव दिनु भएको हो । सो विधेयक तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अध्यक्ष राणाको चेतावनी छ ।
हिन्दु तथा बौद्ध धर्मलाई नै नष्ट गर्ने गरी आएको सो विधेयकको विरोधमा जनता रहेका र उनीहरुलाई परिचालन गरेर सरकारलाई सो विधेयक फिर्ता लिन बाध्य बनाउने अध्यक्ष राणाको भनाई छ । अर्का अध्यक्ष लोहनीले सरोकारवाला निकायसँग छलफल गरेर उनीहरुले दिएको सुझावको आधारमा सो विधेयकलाई पुनः तर्जुमा गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । सरकारले भू माफियाको मिलेमतोमा ल्याएको सो विधेयक आफ्नो पार्टीलाई स्विकार्य नहुने उहाँको चेतावनी छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले सो विधेयक तत्काल फिर्ता नलिए प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससँग मिलेर सरकारविरुद्ध आन्दोलन गर्ने पनि स्पष्ट पारेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: