×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपालमा व्यवस्थापनसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन हुँदै, ४५ वटा व्यवस्थापन र प्रविधिसम्बन्धि कार्यपत्र प्रस्तुत हुने (भिडियो)

काठमाडौँ। ललितपुरको कुमारीपार्टीस्थित मेघा नेशनल कलेजले व्यवस्थापन र प्रविधिसम्बन्धि २ दिने अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । मेघा नेशनल कलेजले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी आगामी जेठ २५ र २६ गते व्यवस्थापन र प्रविधिसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । व्यवस्थापन र प्रविधिको क्षेत्रमा अन्तराष्ट्रिय विश्वविद्यालयहरुको अनुभव प्राप्त गर्ने उद्देश्यका साथ सो अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको कलेजका प्रिन्सिपल डा. घनश्यामप्रसाद साहले जानकारी दिनु भयो । सम्मेलनमा चीन, अमेरिका, बेलायत, भारत, जर्मन, फ्रान्स र कोलम्बियाका विश्वविद्यालयका प्राध्यापकहरु सहभागी हुनेछन् ।
सम्मेलनमा ४५ वटा व्यवस्थापन र प्रविधिसम्बन्धि कार्यपत्र प्रस्तुत हुनेछ । अनुसन्धानकर्ताहरुले प्रस्तुत गर्ने कार्यपत्रबाट नेपालको विश्वविद्यालयले पनि व्यवस्थापन र प्रविधिको क्षेत्रमा भईरहेको विकासबारे सूसुचित हुन पाउने विश्वास लिइएको पनि कलेजले जनाएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: