शंखमुलको 'शानदार मःम' पसलमा आगलागी, कर्मचारी जलेर घाइते (भिडियो)


काठमाडौं । काठमाडौंको शंखमुलको शानदार म:म: पसलमा आगलागी भएको छ । शानदार मःम पसलका मालिक टेकनारायण श्रेष्ठका अनुसार ग्याँस लिकेज भएर आगलागी भएको हो । 

आगलागीका कारण उक्त पसलमा कार्यरत कामदार रामकृष्ण बुढाथोकी जलेर घाइते भएका छन् । बुढाथोकीलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ । 

 आगलागीबाट ३५ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । अहिले आगो नियन्त्रणमा छ ।
प्रकाशित मिति : Tuesday, June 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal