सांग्रिला डेभलपमेन्ट बैंक र प्राईम लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका ८५ वटै शाखाबाट बीमा सेवा पाईने

काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडबीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतासम्बन्धी सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले यस बैंकको मुलुकभर फैलिएको ८५ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
प्रकाशित मिति : Tuesday, June 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal