×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महामारीमा पनि ठग्न छोडेनन् ‘ठग’ अस्पतालहरुले, अत्याचार हुन थालेपछि मन्त्रालयले निकाल्यो यस्तो बिज्ञप्ति !

काठमाडौँ । पूर्वका केहि मेडिकल कलेज र केही अस्पतालहरुले डेङ्गु परीक्षणको लागि प्रयोग हुने टेष्ट किटको महङ्गो मूल्य लिएर ठगी गरिरेहेको गुनासोपछि स्वास्थय तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । रु. ४ सय पर्ने परिक्षण किटलाई १८ सय देखि २४ सयसम्म लिने गरेको नागरिकले गुनासो गरेपछि मन्त्रालयले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै विज्ञप्ति जारी गरेको हो । 
गुनासो बढेपछि डेङ्गु रोगको परीक्षण गर्दा उक्त टेष्ट किटको पर्ने मूल्य भन्दा बढी रकम लिएको पाइएमा कालाबजारी कसुर सम्बन्धित आवश्यक कारवाही गर्ने मन्त्रालयले चेतावनी त दिएको छ, तर यो क्रम नरोकिएको स्थानीयहरुको भनाइ छ। 
डेङ्गुसम्बन्धी टेष्ट किट उपलब्ध गराउने निकायहरुमा अनुगमन, सुपरीवेक्षण गर्ने र गराउने व्यवस्था मिलाइएको हुँदा सुपथ मूल्यमानै टेष्ट किट उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: