×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाली बजारमा भित्रियो इस्कर्टस कम्पनीको ‘एक्सट्रीम ब्याकहो लोडर’ (भिडियो रिपोर्ट)

काठमाडौँ ।   नेपाली बजारमा इस्कर्टस कम्पनीको ‘एक्सट्रीम ब्याकहो लोडर’ पनि भित्रिएको छ । नेपालस्थित भारतीय इस्कर्टस कम्पनीको आधिकारिक विक्रेता द हबी अटो ट्रेडिङ कम्पनीले सो लोडर नेपाली बजारमा भित्र्याएको हो । ४३ लाख २० हजार मूल्य रहेको सो लोडर सडक, जलविद्युत आयोजना, खानी उत्खनन्, कृषि लगायतका पूर्वाधार निर्माणमा अति उपयोगी हुने दावी गरिएको छ । 
यसको खरिद गर्दा ८० प्रतिशतसम्म फाईनान्सको सुविधा लिन पाउने व्यवस्था पनि गरिएको कम्पनीका प्रबन्ध निर्देशक उमेश मानन्धरले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिनु भयो । सोमबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सुरुवातमा सो लोडर खरिद गर्ने एक जनालाई थाईल्याण्ड भ्रमणको स्किम दिइने जानकारी पनि गराइएको छ । कम्पनीले न्यून इन्धन खपत गर्ने भएकाले सो लोडर नेपाली बजारमा अति उपयोगी हुने विश्वास पनि गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: