×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अविभावकहरु होसियार ! जेभियर्स कलेजले लापरवाही गर्दा शैक्षिक भ्रमणमा गएका विद्यार्थीको मृत्यु !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

अविभावकहरु होसियार ! जेभियर्स कलेजले लापरवाही गर्दा शैक्षिक भ्रमणमा गएका विद्यार्थीको मृत्यु !

काठमाडौँ । के तपाईंले आफ्नो बच्चालाई बौद्धको जेभियर्स इन्टरनेश्नल कलेजमा भर्ना गर्नुभएको छ वा गर्ने सोचमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने सचेत रहनुहोस् । शैक्षिक भ्रमणमा लैजाँदा कलेजले विद्यार्थीको उचित ख्याल नगरी लापरवाही गर्दा एक जना विद्यार्थीले आफ्नो ज्यान नै गुमाउनुपरेको छ । शैक्षिक भ्रमणमा जाने क्रममा कुलेखानी गएका वेला ३० जेठदेखि बेपत्ता तेह्रथुमका २४ वर्षीय स्वराम भेटवालको मृत्यु भएको पुष्टि भएको छ । 
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले चार दिनपछि मार्फू नजिकै खोलामा डुबेको अवस्थामा उनको शव भेटिएको बताए । प्रहरीका अनुसार कलेजमा ‘ब्याचलर इन सोसियल वर्क’ पढ्ने भेटवालसहित ६१ जनाको समूह शैक्षिक भ्रमणमा निस्किएको थियो । फर्किने क्रममा केही विद्यार्थी मार्फूमा झरेका थिए । 
विद्यार्थीलाई यो बेला कलेजले अनुशासनमा नराखेको देखिएको उनका आफन्तले आरोप लगाएका छन् । कलेज प्रशासनको लापरबाही भएको भन्दै सत्य, तथ्य छानविनका लागि मृतकका आफन्तले माग गरेका छन् । अहिले दुवै पक्षको छलफलपछि भेटवालको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम भएको छ ।‘मार्फूमा ओर्लिएर उनीहरु पौडी खेल्न नदीमा पसेको देखिएको छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘त्यतिवेलै उनी नदीमा डुबेको हुनसक्ने देखिएको छ ।’ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: