×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आशा लघुवित्तको खुद नाफा २५३.२१% ले वृद्धि हुँदा जगेडा कोषमा ३ करोड ८९ लाखभन्दा माथि

काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा  ३ करोड ९१ लाख ७९ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २५३.२१% ले धेरै हो । गत वर्षको यहि अवधिमा संस्थाले १ करोड १० लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आकर्षक वृद्धि भएको छ । संस्थाको खुद ब्याज आम्दानी ८८.९४% वृद्धि गरेको छ । गत वर्ष ६ करोड ९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको संस्थाले अहिले बढाएर ११ करोड ५१ लाख २ हजार रुपैयाँ पुर्याएको छ । संस्थाको सञ्चालन नाफा १८६.९५% ले वृद्धि गरी ४ करोड १७ हजार ६० हजार रुपैयाँ पुर्याएको छ ।       
यो चौथौ त्रैमाससम्म आइपुग्दा संस्थाले ४९ करोड ७६ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्व ८९ करोड २६ लाख १६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाको जगेडा कोष सबैभन्दा आकर्षक सुधार रिजर्भ कोषमा देखिएको छ । अघिल्लो वर्ष ७६ हजार रुपैयाँ मात्रै रहेको जगेडा कोषमा वृद्धि गरी अहिले ३ करोड ८९ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, संस्थाको खराब कर्जा ०.७१%ले बढेर १.४९% पुगेको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ७८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: