आँधिखोला लघुवित्तको ४ लाख कित्ता आइपीओ सोमबार बाँडफाँट हुँदै

काठमाडौं - आँधिखोला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ सोमबार (असार ३० गते) बाँडफाँट हुने भएको छ । संस्थाको आइपिओ बाँडफाँट सोमबार बिहान ९ः३० बजे बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा बाँडफाँट हुने तय भएको हो । 

आइपीओमा कुल ५४ करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेकोे छ । बिक्री प्रबन्धकका अनुसार कुल ३ लाख ८ हजार ४१४ जनाले ५४ लाख ५७ हजार ३४० कित्ताका लागि आवेदन दिएका छन् । यस आधारमा अन्तिम तथ्यांक हेर्दा माग भन्दा १४.५५ गुणा बढी आवेदन परेको देखिन्छ । 

प्रकाशित मिति : Sunday, July 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal