×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, संस्थापक सेयरधनीतर्फ ४ जना सञ्चालक निर्वाचित

काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडले सोमबार प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त सभाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै सर्वसाधारणका लागि सेयर निष्काशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।
साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् । संस्थापक सेयरधनीका तर्फबाट आजाद श्रेष्ठ, रामबहादुर गुरुङ, सागर गुरुङ र चिरञ्जीवी ध्वा सञ्चालक निर्वाचित भएका हुन् ।
कम्पनीले चालु आवको हालसम्म ४९ हजार ४ सय बीमालेख जारी गरी रु. ४१ करोड बीमा शुल्क आर्जन गर्नुका साथै ३३० वटा दाबी बापत २ करोड ८३ लाख दाबी भुक्तानी गरेको जनाएको छ । त्यसैगरी हाल कम्पनीका संस्थापक सदस्यहरुबाट कायम रहेको चुक्ता पूँजी रु. ७० करोड रहेको छ । लगानीतर्फ ७८ करोड ५ लाख पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: