×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बिपिए अवार्ड- २०१८ : बिकास बैंकतर्फ महालक्ष्मी बिकास बैंकको वित्तीय प्रतिवेदन उत्कृष्ट ठहर !

काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले यो बर्षको बिकास बैंकतर्फको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’ (बिपिए) अवार्ड महालक्ष्मी बिकास बैंकलाई प्रदान गरेको छ । छनोट भएका वित्तीय प्रतिवेदनमध्ये  बिकास बैंकतर्फ सर्वोत्कृष्ट महालक्ष्मी हुँदा फर्ष्ट रनरअप फर्ष्ट माइक्रोफाइनान्सले पाएको छ । यस्तै वाणिज्य बैंकतर्फ उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड एनआइसी एशिया बैंकले पाउँदा क्रमश: दोश्रो र तेश्रो अर्थात फर्ष्ट रनरअप र सेकेन्ड रनर अप बिपिए अवार्ड एनएमबि बैंक र सिटिजन्स बैंकले पाएका छन् ।

एनएफआरएस कार्वनयनमा अब्बल रहेको पाईएपछि महालक्ष्मीले उक्त अवार्ड हात पारेको हो । आज होटल र्याडिसनमा भएको एक भव्य कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा बैंकका सीइओले उक्त अवार्ड थापेका हुन् । यस्तै उत्पादन समूहतर्फ बुटवल पावर कम्पनी, सेवातर्फ ओरियन्टल (र्याडिसन) होटल र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रले अवार्ड हात पारेका छन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: