×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋण लिने सोचमा हुनुहुन्छ भने तातिहाल्नुहोस्, बैंकमा एक महिनालाई थुप्रियो रकम, त्यसपछि फेरि हुनेछ अभाव !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

ऋण लिने सोचमा हुनुहुन्छ भने तातिहाल्नुहोस्, बैंकमा एक महिनालाई थुप्रियो रकम, त्यसपछि फेरि हुनेछ अभाव !

काठमाडौं । के तपाईं ऋण लिने सोचमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने प्रक्रिया अगाडी बढाईहाल्नुहोस् । किनकि यो बेला बैंकले तपाईंलाई पैसा दिने सम्भावना अधिक छ । केहि समय कुर्नुभयो भने फेरि तपाईंलाई बैंकले भनेजति पैसा नदिन सक्छ।   
सरकारी खर्च बढेपछि वाणिज्य बैंकहरुमा लगानी योग्य रकम पनि  बढेसँगै यस्तो स्थिति आएको हो । सरकारले असार मसान्तमा बढाएको सरकारी खर्चको कारण यस्तो अवस्था आएको हो । बिगत लामो समयदेखि बैंकहरुमा लगानी योग्य रकमको कमी हुँदै आएको थियो । 
पछिल्लो तथ्यांकअनुसार बैंकहरुको असारमसान्तसम्मा निक्षेप २८ खर्ब कटेको छ । सरकारी खर्च बढेका कारण धेरैजसो बैंकहरुको कर्जा निक्षेप अनुपात (सिसिडी) पनि सहज अवस्थामा पुगेको छ ।
यद्यपी यो सहजता लामो समय नटिक्ने देखिन्छ । ऋणको माग अत्याधिक भएकाले यस्तो सहज अवस्था झन्डै एक महिनालाई मात्र हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: