×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘बैंकिङ सेरोफेरो’मा यो साता… मौद्रिक नीतिदेखि कर्मचारीको गुनासोसम्म राष्ट्र बैंकका प्रवक्ताले राखे आधिकारिक धारणा !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७६-७७ सालको मौद्रिक नीति सार्वजनिक गरेसँगै यससम्बन्धि विभिन्न टिकाटिप्पणी भइरहेका बेला राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले यसविषयमा राष्ट्र बैंकको आधिकारिक धारणा राखेका छन् । नेपाल टेलिभिजन न्यूज एचडि च्यानलमा हरेक शनिबार बेलुकी ८ :४५ बजे प्रशारण भइरहेको लोकप्रिय कार्यक्रम ‘बैंकिङ सेरोफेरो’ मा उनले राष्ट्र बैंकको धारणा राखेका हुन् । प्रशारणको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल उक्त कार्यक्रममार्फत उनले बैंकले बीमा बेच्न नपाउने नियम किन ल्याइयो भन्नेसमेत स्पष्ट पारेका छन् ।
उक्त कार्यक्रममा उनले मौद्रिक नीतिका अन्य पक्षलाई पनि समेट्दै राष्ट्र बैंकको धारणा राखेका छन् । पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाले कर्मचारीले बैंक छोड्दा मोटो रकम जरिवाना बुझाउनुपर्ने चलनका बारेमा पनि पहिलोपटक मिडियामा राष्ट्र बैंकको धारणा राखेका छन् । कार्यक्रम यसअघि प्रत्येक बुधबार राती प्रशारण हुने गरेको थियो । दर्शकको विशेष अनुरोधमा उक्त कार्यक्रमको प्रशारण प्रत्येक शनिबार ८:४५ बजे गर्न लागिएको कार्यक्रम निर्माता रंघम राज अर्यालले बताएका छन् । 
‘शनिबार एकदम ‘पिक’ समय भएकाले हामी अझै धेरै दर्शकसम्म पुग्ने भएका छौं । दर्शकको इक्षा अनुसार नै कार्यक्रमको समय परिवर्तन गरेका छौं ।’ उनले भने । यो कार्यक्रम नेपाली टेलिभिजन क्षेत्रकै एक मात्र पूर्ण रुपमा बैंकिङ सम्बन्धि कार्यक्रम हो । ‘कार्यक्रम प्रशारणको छोटो समयमा हामीले बैंकिङ क्षेत्रबाट र यससँग सरोकार राख्ने अन्य व्यक्ति र संस्थाहरुबाट निकै नै राम्रो प्रतिक्रिया पाएका छौं । प्रशारण आरम्भको छोटो समयमा बैंकिङ सेरोफेरो बैंकिङ क्षेत्रमा प्रत्यक्ष वा परोक्ष रुपमा सरोकार राख्ने सबैको प्रिय कार्यक्रम बन्न सफल भएकोमा हामी निकै नै उत्साहित भएका छौं।’ कार्यक्रम निर्माता अर्यालले भने ।     
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: