×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ग्लोबल-जनता’ मर्जरमा यी तथ्यहरुबारे नेपाल राष्ट्र बैंक किन चुप ? अरवौं ऋण डुब्दै, ‘स्टाफ इन्टिग्रेसन’मा हुँदैछ हङ्गामा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ असार २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

‘ग्लोबल-जनता’ मर्जरमा यी तथ्यहरुबारे नेपाल राष्ट्र बैंक किन चुप ? अरवौं ऋण डुब्दै, ‘स्टाफ इन्टिग्रेसन’मा हुँदैछ हङ्गामा !

 

  • समाचार टिप्पणी 
काठमाडौँ । बिग मर्जरका नाममा ग्लोबल आइएमइ बैंक र जनता बैंक ‘एक’ हुँदैछन् । अरवौं रुपैयाँ ऋण नतिर्ने चलखेलमा गरिएको सेटिङको परिणामस्वरूप अगाडी बढेको यो प्रक्रियाले बैंकलाई ‘बलियो’ होइन ‘तहसनहस’ बनाउने सम्बभावना बढाएको छ । यसका थुप्रै कारण छन् । जसमध्ये केहि विज्ञहरुको सल्लाह सुनेपछि हामीले यसका कारण खोतल्ने प्रयास गरेका छौं ।
१. ग्लोबल आइएमइ बैंक र जनता बैंक मर्जरमा जाने भनेका छन् । मर्जरमै जाने भनेर दुवै बैंकको सेयर कारोबार रोक्का भइसकेको छ । तर बलजफ्ती गरिएको यो प्रक्रिया ‘गैरकानुनी’ छ । नियम अनुसार हाथवे फाइनान्सको प्राप्तिको प्रक्रिया नसकी ग्लोबल आइएमइ बैंक मर्जरमा जान मिल्दैनथियो । जनता बैंकलाई ग्लोबलले प्राप्तिमात्र गर्न सक्थ्यो । तर कानुनको खिल्ली उडाएर यो काम भएको छ । जनता बैंकका सेयर होल्डरहरु यस विरुद्ध अदालत जाँदैछन् । यो प्रक्रिया सुरुमै विवादित बनिसकेको छ ।
२. दुवै बैंकको मर्जरमा ठुलो तर पर्दाभित्रबाट भूमिका खेलेका एक व्यवसायी छन् । जसको यी दुइ बैंकअम्ध्ये एउटामा ७५ करोड र अर्कोमा १ अर्व २५ करोड ऋण छ । ती व्यवसायीले हरेक क्वार्टरमा ऋण तिर्ने होइन उक्त ऋणलाई क्यापिटलाइजेसन गर्ने गरेका छन् । ठुलो बैंकको झन्डै २ अर्व ऋण डुब्ने सम्भावना बढेको छ । शक्तिमा कतिन्जेल ती शक्तिशालीहरु होलान् र ? वा सधैं सत्ता र शक्तिमा उ नहुन सक्छ । त्यो बेला बैंकले निकै खराब समय व्योहोर्नुपर्ने हुन सक्छ ।  
३. यो बैंकलाई सबैभन्दा समस्या ‘स्टाफ इन्टिग्रेसन’मा पर्ने देखिएको छ । बजारमा औसत तहमा हुने कर्मचारी जनता बैंकमा माथिल्लो तहमा छन् । अझ बुझ्ने भाषामा भन्दा ग्लोबलमा मेनेजर हुन हैसियत नराख्नेहरु जनता बैंकमा सिनियर मेनेजर छन् । यो अर्को समस्या हुनेछ । यहाँ सिनियर र जुनियरको लडाई हुने पक्का छ । यस्तो लडाई हुँदा सामान्य रुपमा राम्रा कर्मचारी बस्दैनन् । यसै पनि अहिले जनता बैंक ट्रायल सेन्टरभन्दा कम छैन । यो समस्या अझै बढेर जाने पक्का छ ।    
४. ग्लोबल आइएमइ बैंकको इतिहास हेर्ने हो भने रत्न राज बज्राचार्य जस्तो खरो सीइओबाहेक अरु कसैले पनि कार्यकाल पूरा गर्न सकेका छैनन् । यो बैंकमा चन्द्र ढकालले जे भने त्यहि हुन्छ । चन्द्र ढकालका यस म्यानहरुले जुन कर्मचारीलाई जता सरुवा गराउन खोज्यो त्यो कर्मचारी त्यहीं नगइ सुख नै छैन । बैंकको यहि बिजोग हबिगतका कारण थुप्रैले जागिर छोडिसकेका छन् । अर्कोतर्फ परशुराम कुँवर अर्को चन्द्र ढकाल बन्न खोज्ने खालका छन् । उनी खरो स्वभावका कारण परिचित छन् । यी दुइ पात्रको ‘ट्युनिङ’ कतै न कतै बिग्रने निश्चित छ । यसले स्टाफहरुमा ‘फ्रस्टेसन’ ल्याउने सम्भावना बढी छ । 
५. ग्लोबलसंग धेरै बैंक मर्जर गरेको अनुभव त छ तर जनताले सिद्धार्थ डेभलोपमेन्ट बैंकलाई मर्जर गर्दा नै ‘तारा’ देखिसकेको छ । सिद्धार्थका तत्कालीन सीइओ नै फसेका कतिपय ‘ब्याड लोन’ले टाउको खाइरहेको छ जनता बैंकको । अव यो तनावको केहि हिस्सा ग्लोबलका नेतृत्वकर्ताले पनि लिनुपर्ने छ । त्यसमाथि ग्लोबल आइएमइमा अपरेशनमा राम्रो गर्ने, तर यसमानवाला मात्र काम गर्ने व्यक्ति डेपुटी सीइओ हुनेछन् । जसले यो तनाव लिनुभन्दा विकल्प खोज्ने सम्भावना देखिन्छ । यसले पनि यो मर्जरमा थुप्रै समस्या देखिने पक्का छ ।
६. प्री-मर्जरमा जति काम गर्यो पोष्ट मर्जर त्यति सजिलो हुने हो । तर यो मर्जरमा प्री मर्जरमा कुनै पनि तयारी भएको छैन । ‘तातै खाउँ र जली मरौं’ भन्ने शैलीमा गरिएको मर्जरले समस्या पार्ने पक्का छ । चाकडी गरेकै भरमा जागिर जोगाउने बानी लागेका ग्लोबलका कर्मचारी र थर्काई र हप्काई सहेर काम गर्ने बानी परेका जनता बैंकका कर्मचारीको कल्चर नमिल्ने पक्का छ । यसले पर्फर्मेन्समा ठुलो समस्या आउने सम्भावना छ ।
७. जनस्तरमा पनि यी दुवै बैंक कुनै न कुनै रुपमा बदनाम छन् । ग्लोबल बैंक अझै पनि ‘ग्राहकमारा’ बैंक भनेर कुख्यात छ भने जनता बैंक ‘स्टाफमारा’ बैंकका रुपमा कुख्यात छ । जनताले नै विश्वास नगरेपछि यो बैंकले कसरी राम्रो गर्ला र ? प्रश्न स्वाभाविक र गम्भीर छ । 
   
अरु थुप्रै कारणहरु छन्, जसले यो मर्जरको नतिजा राम्रो ल्याउने छैन । बैंक ठुलो हुनेछ तर प्रवृति परिवर्तन हुने छैन । जनक शर्मा पौडेलले जुन कारण बैंक छोडेका थिए, त्यहि कारण परशुराम कुँवरको हकमा पनि लागु हुने सम्भावना प्रसस्तै छ । जनता बैंकका स्टाफहरु अहिले त कहाँ पाइएला र यहाँ छोडौंला भनेर बसेका छन् भने मर्जरपछी बैंकमा राम्रा कर्मचारी नबस्ने निश्चितप्राय छ । अहिले पनि स्टाफको मामलामा सबैभन्दा बढी ‘लफडा’ हुने बैंक हो जनता । यसले कि ग्लोबलमा पनि त्यहि कल्चर सार्छ, कि आफैं साइड लागेर बैंकलाई अफ्ट्यारो पर्छ भन्ने कुरामा कुनै शंका छैन । 
बलजफ्ती गर्नुभन्दा यस्ता कुराहरुमा नेपाल राष्ट्र बैंकले ख्याल गर्नुपर्ने देखिन्छ । मर्जर राम्रो हो । तर प्रक्रिया र तरिका ठिक हुनुपर्छ ।                                                
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: