×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीइडीबी हाइड्रोपावरले २५ लाख १८ हजार २३० कित्ता आइपिओ जारी गर्दै, कति पायो रेटिङ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ श्रावण २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

सीइडीबी हाइड्रोपावरले २५ लाख १८ हजार २३० कित्ता आइपिओ जारी गर्दै, कति पायो रेटिङ ?

काठमाडौं – सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ लाख १८ हजार २३० कित्ता आइपिओको रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीइडीबीको यस आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीले आइपीओका लागि रेटिङ गरे पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । कम्पनीले लमजुङ जिल्लामा दुइै वटा आयोजना सञ्चालन गरिरहेको छ । रादी विद्युतका नाम ४.४० मेगावट र स्यागे खोला इलेक्ट्रिक प्रोजेक्ट नाममा ०.१८ मेगावटको अर्को हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । यता, कम्पनीले संखुवासभाको मकालु गाउँपालिका–०२ मा ४५ मेगावटको कसुवा खोला हाइड्रोइलेक्ट्रिसिटी प्रजोक्ट निमार्ण गरिरहेको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाए पश्चात आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: