×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चौतारी लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा १७३.५६%ले वृद्धि गरी पुर्यायो २ करोड ८२ लाख २४ हजार रुपैयाँ !

काठमाडौं – चौतारी लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा १७३.५६%ले वृद्धि गरी २ करोड ८२ लाख २४ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष संस्थाले १ करोड ३ लाख १७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ८५.७८% र ४७.१५% ले बढेको छ । अघिल्लो वर्ष ५ करोड १४ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यसपालि बढाएर ९ करोड ५५ लाख ९६ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि १ करोड ६२ लाख १ हजार रुपैयाँबाट बढाएर २ करोड ३८ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ । 
यो संस्थाको निक्षेप संकलन ४७ करोड २७ लाख रुपैयाँ गरी १ अर्ब ५६ करोड ३६ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल संस्थाको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड ३२ लाख १ हजार रुपैयाँ छ ।
यो चौथो त्रैमासमा संस्थाको खराब कर्जा ०.५१% रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १७ पैसा (वार्षिक)  र प्रतिसेयर नेटवर्थ भने १२३ रुपैयाँ २ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: