×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रगतिपथमा लम्किंदै सिटिजन्स बैंक, अधिकांस सूचकहरु सुधार्न सफल !

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन अघिल्लो वर्षको तुलनामा यो नाफा २०% ले बढी हो । बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
यता बैंकको सेयर पुँजी ८ अर्ब ३७ करोड रहेको छ । बैंकको कोर क्यापिटल १२ अर्ब ४७ करोड छ । बैंकले अधिकाशं सूचकहरुमा सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो । यस्तै असारमसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिसेयर सम्पत्ति मूल्य १०७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४८.८७ रुपैयाँ रहेको छ । 
सार्वजनिक विवरण अनुसार बैंकको मुल्य आम्दानी अनुपात १२.५९ प्रतिशत छ । बैंकले गत असार मसान्तसम्ममा ७० अर्ब ५० करोड निक्षेप संकलन गरेको थियो भने ६२ अर्ब ९० करोड रुपैयाँ परिचालन कर्जा लगानी गर्न सफल भएको छ । बैंकको पुँजी कोष पर्याप्तता १३.१९ प्रतिशत छ । राष्ट्र बैंकको नियमअनुसार बैंकको पुँजी कोष पर्याप्तता अंक १० प्रतिशतभन्दा थोरै भयोभने त्यो राम्रो मानिदैन ।
यस्तै बैंकको खराव कर्जा १.१९ प्रतिशत रहेको छ । गत वर्षको असार मसान्तमा भन्दा ०.२९ प्रतिशतले सुधार भएको देखिएको छ । कष्ट अफ फण्ड ८.५८ प्रतिशत छ भने बेस रेट १०.५२ प्रतिशत रहेको छ । व्याजदर अन्तर ३.१५ प्रतिशत रहेको छ । 
यी सूचकहरुलाई आधार मान्दा बैंकले निक्षेपकर्तालाई उच्च व्याज दिएको देखिएको छ तर ऋण विस्तारको लागि कर्जाको व्याजदर उच्च राख्नु पर्ने बैंकको वाध्यता रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: