×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नागरिक लगानी कोषको कर्जा भुक्तानी अब अनलाइनबाट, हिमालयन बैंकसँग सम्झौता

काठमाडौँ – नागरिक लगानी कोषको नागरिक लगानी कोष कर्मचारी बचत बृद्धी अवकाश कोषको(८०%) कर्जा भुक्तानीलाई अनलाईन माध्यम मार्फत सहजीकरण गराउन हिमालयन बैंक लिमिटेडसँग सम्झौता भई कनेक्टआइपीएस ईपेमेन्ट प्रणालीबाट हुने भएको छ ।
उक्त सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमन नेपाल तथा हिमालयन बैंकका तर्फबाट कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधानले नेपाल क्लियरिङ्ग हाउसका पदाधिकारीहरुको उपस्थितीमा हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्माचारी बचत बृद्धी अवकाश कोषको (८०%) कर्जा भुक्तानी अनलाईन माध्यम मार्फत कनेक्टआइपीएस बाट सोझै यस प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिने छ । नागरिक लगानी कोषको कनेक्टआइपीएस प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंक लिमिटेडमा हुने जनाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: